Ads

राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित एमाले सचिवालय बैठक, उम्मेदवार र सिट बाँडफाँडमा छलफल


नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा व्यापक छलफल भइरहेको छ।

ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय सभाका लागि उम्मेदवार चयन र रणनीतिबारे विशेष ध्यान केन्द्रित गरिएको बताइएको छ।

राष्ट्रिय सभाका १८ सिटका लागि प्रमुख राजनीतिक दलहरूबीच सहकार्य गर्दै चुनाव लड्ने सहमति भइसकेको सन्दर्भमा, कांग्रेस र माओवादी केन्द्रसँग भएका छलफल तथा सिट बाँडफाँडका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा ब्रिफिङ गरेका छन्। पछिल्लो सहमति अनुसार नेकपा एमालेले ६ सिटमा उम्मेदवारी दिने तयारी गरेको जनाइएको छ।

बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसको प्रक्रिया, त्यस क्रममा केही निर्वाचन क्षेत्रमा देखिएका असन्तुष्टि र विवादका विषय पनि प्रवेश हुने सम्भावना रहेको छ। यी विषयमा आवश्यक निर्णय लिन सचिवालय बैठक निर्णायक हुने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू