नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टीको आज बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कमिटी गठन गर्ने निर्णय गरेको हो।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार गठित कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्यका रूपमा रहेका छन्।
बैठकले निर्वाचन तयारीलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन घोषणा–पत्र समिति समेत गठन गर्ने निर्णय गरेको छ। पार्टीले संगठन, प्रचार–प्रसार तथा निर्वाचन रणनीतिलाई सशक्त बनाउने लक्ष्यका साथ यी संरचनाहरू निर्माण गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्