नेकपा (एमाले) ले प्रदेश तथा निर्वाचनसम्बन्धी कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन नेताहरूको जिम्मेवारी तोकेको छ। मंगलबार (पुस २२) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेशगत संयोजनको जिम्मेवारी तोकेको हो।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार बैठकले संगठन, निर्वाचन तयारी र प्रदेशस्तरीय समन्वयलाई सुदृढ बनाउने उद्देश्यसहित नेताहरूलाई जिम्मेवारी प्रदान गरेको छ।
जिम्मेवारी तोकिएका नेता तथा प्रदेश यसप्रकार छन्–
कोसी प्रदेश – शेरधन राई
मधेस प्रदेश – लीलानाथ श्रेष्ठ
वाग्मती प्रदेश – महेश बस्नेत
राजधानी प्रदेश – डा. राजन भट्टराई
गण्डकी प्रदेश – खगराज अधिकारी
कर्णाली प्रदेश – यमलाल कँडेल
सुदूरपश्चिम प्रदेश – गणेश ठगुन्ना
पार्टीले प्रदेश तहमा संगठनात्मक गतिविधि, निर्वाचन तयारी तथा राजनीतिक समन्वयलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ यी जिम्मेवारी तोकेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्