मेषविशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय हो । आज तपाईंको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा अल्छीपन छाउन सक्छ । ठूला हानी त नहोला तर काममा बाधा पुर्याउने व्यक्तिहरूका कारण अपेक्षित प्रगति नहुन सक्छ ।
वृषपरोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि कार्यबाट पनि फाइदा लिन सकिनेछ । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ अवसर प्राप्त हुने योग छ । पढाइमा भने मन नलाग्न सक्छ ।
मिथुनविभिन्न उपहार प्राप्त हुनुका साथै आय आर्जन पनि राम्रो हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय हो । प्रायः सबै कामहरू बन्नेछन् र काममा सहयोग प्राप्त हुनेछ । आर्थिक लाभ हुने दिन छ ।
कर्कटस्वास्थ्यमा कमजोरी अनुभव हुन सक्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ । वैदेशिक कार्यमा असफल भई दुःख पाउने योग छ । भाग्यले साथ नदिने र धनहानि हुने सम्भावना छ ।
सिंहपरिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट समर्थन तथा धन प्राप्त हुने दिन हो । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ ।
कन्याआज तपाईंलाई अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । परिवारबाट सुखको अनुभूति मिल्नेछ । धन कमाउने नयाँ बाटोको सुरुआत हुने दिन हो । सोचेजस्तै काममा सफलता मिल्नेछ ।
तुलाहाँसखेल, भ्रमण र मनोरञ्जनमा दिन बित्नेछ । रमणीय तथा सुखद यात्राको योग छ । आज टाढाको यात्रा हुन सक्छ । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँको यात्राको अवसर मिल्नेछ ।
वृश्चिकखर्च बढ्ने र आर्थिक अभाव देखिन सक्छ । भौतिक साधनमा क्षति हुन सक्ने भएकाले सतर्क रहनुहोला । दैनिक प्रयोगका सामान बिग्रँदा अर्थहानि हुन सक्छ । स्वास्थ्य कमजोर रहन सक्छ र काममा सफलता पाउन गाह्रो पर्ला ।
धनुनसोचेका आफन्तसँग भेटघाट हुँदा मन प्रफुल्ल हुनेछ । तर सोचेजस्तो काम भने सम्पन्न नहुन सक्छ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । अरूको काम धेरै गर्नुपर्ने अवस्था आउन सक्छ, तर त्यस अनुसारको प्रतिफल भने कमै मिल्ने देखिन्छ ।
मकरआवश्यक तथा उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार देखिनेछ । पढाइमा सफलता मिल्ने दिन हो ।
कुम्भनयाँ काम सम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ । व्यापार व्यवसायबाट पनि लाभ मिल्ने योग छ । आज काम गर्न मन लाग्ने भएकाले मनमा खुशी रहनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ ।
मीन स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । चोट पटकको डर रहेकाले हात हतियार तथा जोखिमपूर्ण कामबाट जोगिनुहोला । छर छिमेकसँग सामान्य मनमुटाव हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्