Ads

तोलामा ४०० रुपैयाँ घट्यो सुनको मूल्य


काठमाडौं , । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेर सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै , आज बुधबार चाँदीको मूल्य भने बढेको छ ।

चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर ४९ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू