काठमाडौं ,। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तय गरेको भएको छ ।
अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबर भएको थियो । त्यस्तै,चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्