Ads

२०८२ पौष २७ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):आज कुनै नयाँ कामको थालनी गर्न उपयुक्त दिन छ । काममा जोश र जागर बढ्नेछ । कार्यहरू सजिलै सम्पन्न हुनेछन् भने इच्छा शक्ति पनि बलियो बन्नेछ ।  विपरीत लिङ्गीको सहयोग प्राप्त भई मन हर्षित हुनेछ, जसले काम प्रति थप उत्साह जगाउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):अनावश्यक डर र वादविवादको सम्भावना रहेकाले आजको समय खासै अनुकूल छैन । कसैसँग झगडा हुन सक्छ, त्यसैले संयम अपनाउनुहोस् । पेशागत क्षेत्रमा समस्या देखिन सक्छ भने घर परिवारमा पनि मनमुटाव हुन सक्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):आज मनमा द्विविधा रहन सक्ने दिन छ । सामाजिक कार्यमा नाम रहनेछ । व्यापार तथा जागिर सामान्य रूपमा चल्नेछ तर नयाँ कामको सुरुवातका लागि दिन उपयुक्त छैन । कार्य क्षेत्रमा हैरानी बढ्न सक्छ र व्यापारमा घाटाको सम्भावना पनि देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):चल–अचल सम्पत्तिको कारोबार हुन सक्ने दिन छ । वैवाहिक जीवन सुखी रहनेछ । पाहुनाको आगमन हुन सक्छ । प्रेम र मित्रताको बन्धन बलियो बन्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्राको योग पनि रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् र मन शान्त रहनेछ । व्यापारिक तथा दैनिक काम सन्तोषजनक रूपमा सम्पन्न हुनेछन् । विदेशबाट धन प्राप्त हुने सम्भावना छ । परोपकार तर्फ मन आकर्षित हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आज खर्च गर्दा विशेष होस पुर्‍याउनुहोस् । खानपानमा लापरबाही नगर्नुहोस् । परिवारमा समस्या आउन सक्छ । समय सामान्य भएपनि खर्च र विवाद बढ्ने तथा शत्रुबाट सताउने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):आज खर्च गर्दा विशेष होस पुर्‍याउनुहोस् । खानपानमा लापरबाही नगर्नुहोस् । परिवारमा समस्या आउन सक्छ । समय सामान्य भएपनि खर्च र विवाद बढ्ने तथा शत्रुबाट सताउने योग छ । भौतिक साधनको क्षतिबाट धन नाश हुन सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):आज धन लाभको योग छ । पढाइमा प्रगति हुनेछ र दिन खुशीसाथ बित्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयास गरेका काम ढिलै भएपनि सफल हुनेछन् । धनजनमा वृद्धि भई समर्थन प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):आयआर्जनका दृष्टिले राम्रो दिन छ । नयाँ कामका लागि परिवारजनबाट राम्रो सल्लाह प्राप्त हुनेछ । धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको सम्भावना छ । कामको सफलताले आत्मविश्वास बढ्नेछ र पुराना कामहरू आज नै सम्पन्न हुन सक्छन् ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आज हाँसखेल, भ्रमण र मनोरञ्जनमा समय बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम र धनआर्जनका अवसर देखिएपनि आज नयाँ काम सुरु नगर्नु राम्रो हुन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
आमाबाट प्राप्त धनको सदुपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन जाँदा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मनमा केही द्विविधा भएपनि अन्ततः काममा सोचेजस्तै सफलता र उन्नतिको अवसर प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
कमाइ सोचे अनुसार हुनेछ । पठन–पाठनमा प्रगति हुने देखिन्छ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्चभन्दा कमाइ बढी रहनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । वैदेशिक क्षेत्रमा गरिएको लगानी लाभदायी हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू