Ads

कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डप पुग्दै र्‍याली (तस्बिरहरू)


नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोह सुरु हुनुअघि विभिन्न स्थानबाट अहिले जुलुस भृकुटीमण्डप पुग्ने क्रम जारी छ ।

ललितपुरको कुपन्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपमा जुलुस पुगेको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।

महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गरिएको हो ।

जुलुस भृकुटीमण्डप प्रवेश गरेसँगै औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ ।

उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि सुरु गरिनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू