नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले चार महिनादेखि ‘कोमामा’ रहेको कांग्रेसलाई महामन्त्रीद्वयले नयाँ प्राण फिर्ता गराएको बताएका छन्।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चन्दले देशले परिवर्तनको खोजी गरेको बताउँदै भने, “कांग्रेस अब देशको अभिभावक पार्टी बन्दैछ। इतिहासमा नेतृत्व दिएको कांग्रेस पछिल्लो चार महिनामा पछारिएको थियो, तर अब पुनः सक्रिय हुँदैछ।”
उनले कांग्रेसभित्र देखिएका विकृति र असन्तुलन अन्त्य गर्दै विशेष महाधिवेशनमार्फत स्पष्ट नीति र युवा नेतृत्वलाई अगाडि सार्नुपर्नेमा जोड दिएका छन्। चन्दका अनुसार, पार्टीभित्रको सुधार र समावेशी नेतृत्वले मात्र कांग्रेसलाई आधुनिक र जनमुखी बनाउनेछ।
प्रतिक्रिया दिनुहोस्