मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रुपैयाँ पैसाको कारोबार हुने दिन छ । आफन्तसँग भेटघाटको अवसर मिल्नेछ । धर्म कर्म, मंगलमय कार्य तथा सामाजिक दायित्वमा समय बित्नेछ । बौद्धिक पक्षबाट लाभ मिल्ने योग छ । तर गलत व्यक्तिको विश्वास गर्दा काममा धोका हुन सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रम गर्दा पनि थोरै मात्र लाभ मिल्ने देखिन्छ । घर जग्गा सम्बन्धी विवाद र आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । काममा अनावश्यक बाधा वा हस्तक्षेपको सम्भावना छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उत्तम रोजगारी प्राप्त हुने र नोकरीमा पदोन्नतिको योग छ । व्यवसायमा सकारात्मक परिवर्तन आउनेछ । समाजसेवा तथा परोपकारका कार्यमा सक्रियता बढ्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):बौद्धिक तथा शैक्षिक क्रियाकलापमा सफलता मिल्नेछ । नसोचेको स्थानबाट आर्थिक लाभको सम्भावना छ । नयाँ उद्योग व्यवसाय सुरु गर्न अनुकूल समय छ । विद्यार्थीहरूका लागि विशेष प्रगतिदायी दिन हो ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सहयोगीहरूबाट उचित साथ प्राप्त हुनेछ । तर पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटाव हुन सक्छ । शिक्षा तथा साझेदारीका काममा फाइदा हुनेछ । घरायसी वातावरणमा सामान्य तनाव देखिन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विरोधका कारण सोचेजस्तो समयमा काम अवरुद्ध हुन सक्छ । रोगका कारण खर्च बढ्ने योग छ । अनावश्यक खर्च र ऋणभारले दबाब सिर्जना गर्न सक्छ । नशा, जोर्नी वा घुँडा सम्बन्धी समस्याले सताउन सक्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पढाइ लेखाइमा राम्रो नतिजा प्राप्त हुनेछ । यात्रा फलदायी बन्नेछ र कामप्रति उत्साह बढ्नेछ । नोकरीमा पदोन्नति र व्यापार व्यवसायमा फाइदाको योग छ । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सन्तानबाट सुख र लाभ प्राप्त हुने योग छ । रोकिएका कामहरू पुनः सुरु हुनेछन् । दिन रमाइलो र उत्साहपूर्ण बित्नेछ । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ । टाढाको यात्रा हुन सक्छ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)मानहानि वा अपजशको सम्भावना छ, अरूको लहलहैमा परेर टाढाको यात्रा हुन सक्छ । कृषि कर्म तथा पशुपालनबाट राम्रो फाइदा हुने योग छ । स्थायी सम्पत्ति आर्जनको समय भएपनि बाहिरी यात्रामा कष्ट हुन सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लगानीको प्रतिफल अपेक्षाअनुसार नआउन सक्छ । साझेदारी सम्बन्धमा समस्या देखिन्छ, होस पुर्याउनुहोस् । निजी व्यवसाय र कृषिकर्ममा परिश्रमअनुसार कम उपलब्धि हुन सक्छ । विपरीत लिंगी प्रति आकर्षण बढ्नेछ र प्रेम तथा मित्रताको सम्बन्ध प्रगाढ हुन सक्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भूमि, घर वा सवारी साधन प्राप्तिको योग छ । तर अनावश्यक खर्च, कर्जा र चोट पटकको सम्भावना पनि भएकाले सावधानी अपनाउनुहोस् । बोलीको गलत अर्थ लागेर विवादमा पर्न सक्नुहुन्छ । आर्थिक अभावले सताए पनि शुभ चिन्तकहरूको सहयोगले चुनौतीहरू पार गर्न सकिनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि तथा पशुपालनमा सामान्य फाइदा मिल्ने योग छ । प्रयत्न गरेमा नयाँ नोकरी प्राप्त हुन सक्छ । नोकरीमा रहनेहरूका लागि पदोन्नतिको समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरेपनि लगनशीलताले लक्ष्यमा पुग्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्