नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जारी विषेश महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटनसत्र भएको थियो भने आज बन्दसत्र गर्ने कार्यतालिका तय गरिएको हो ।
महाधिवेशन प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ त्यसलगतै भृकुटीमण्डपस्थित हलमा बन्दसत्र सुरु हुनेछ ।
आज बन्दसत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ । त्यसपछि ९ ओटा समूह निर्माण गरेर चारवटा विषयमाथि नीति मन्थन हुनेछ ।
चार विषयहरूमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।
नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए ।
-1768192494.jpeg)
-1768192492.jpeg)
-1768192491.jpeg)
-1768192487.jpeg)
-1768192485.jpeg)
-1768192483.jpeg)
-1768192482.jpeg)
-1768192478.jpeg)
-1768192479.jpeg)
-1768192467.jpeg)
-1768192467.jpeg)
प्रतिक्रिया दिनुहोस्