Ads

२०८२ माघ ०४ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि अन्ततः समाधान हुने देखिन्छ । धेरै परिश्रम गर्दा पनि थोरै मात्र लाभ प्राप्त हुनेछ । घर खर्च बढ्ने सम्भावना छ । पति पत्नी बीच मनमुटाव बढ्न सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):–आयआर्जन बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुने समय छ । पेट सम्बन्धी समस्याले सताउन सक्छ, त्यसैले सचेत रहनु आवश्यक छ । साथीभाइबाट धोका पाउने सम्भावना छ भने परिवारजनबाट पनि अपेक्षित साथ नपाइन सक्छ, सावधान रहनुहोला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):–नयाँ सीप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा उल्लेखनीय प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा रुचि बढ्नेछ । कृषि तथा पशुपालनबाट लाभ मिल्ने सम्भावना छ । यात्रा फलदायी बन्नेछ र काम प्रति उत्साह बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर प्राप्त हुनेछ । चिताएको काम पूरा हुने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । नयाँ कामको थालनी हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– खर्च लागेपनि दीर्घकालीन फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुन सक्छ । विद्यार्थीहरूमा पढाइ प्रतिको एकाग्रता घट्न सक्छ । पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । मित्रजनसँग मनमुटाव हुने सम्भावना छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– विशेष सभा समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ । मान सम्मानमा वृद्धि हुनेछ । धार्मिक तथा सामाजिक कार्य प्रति रुचि बढ्नेछ । साना व्यक्तिको सहयोगबाट ठूलो फाइदा लिन सकिनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्नेछ । पढाइमा सुधार आउने दिन छ । सामान्य व्यापार तथा उद्योगबाट राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):–स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको सदुपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । आर्थिक अभावले भने केही सताउन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– कृषि तथा पशुपालनबाट अपेक्षित लाभ नहुने भएपनि व्यापारबाट राम्रो फाइदा हुने योग छ । आर्थिक अभावले केही दबाव सिर्जना गर्न सक्छ । व्यवसायमा उतार चढाव देखिन सक्छ । पेट तथा छाती सम्बन्धी समस्याले सताउन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):–चुनौतीहरू पन्छ्याउँदै रोकिएका काम सम्पन्न गर्न सकिनेछ । धैर्यपूर्वक अघि बढ्नु पर्ने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसरहरू प्राप्त हुनेछन् । कुटुम्बको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):–गरेका कामबाट प्रशस्त लाभ प्राप्त हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तानबाट सुख प्राप्त हुने योग छ । रोकिएका कामहरू पुनः सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मानमा वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):–टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । धन तथा जनसम्पर्कको लाभ मिल्नेछ । आम्दानीका विभिन्न माध्यमहरू फेला पर्नेछन् ।  रोजगारीमा अवरोध तथा प्रतिकूल स्थानान्तरण जस्ता समस्या देखा पर्न सक्छन् ।

Ads

सम्बन्धित पोष्टहरू