Ads

२०८२ माघ ५ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– नियमित काममा अनुकुलताका साथै दायित्व वृद्धि हुने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । धार्मिक तथा सामाजिक काममा रुचि जागृत हुने देखिन्छ । विशेष सभा-समारोहमा भाग लिने अवसर जुर्नेछ भने मानसम्मान पनि पाइएला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– मिश्रित फलदायी समय छ । इर्ष्यालुजनको सक्रियाता बढ्ने देखिन्छ । आजको दिन नियमित कर्ममा केन्द्रित रही कार्य-व्यवहार गर्नु उचित हुनेछ । परिवारजनमा असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्ने योग रहेकोले सतर्कताको दरकार छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– वौद्धिक तथा सिर्जनात्मक काममा विशेष सफलता मिल्ने समय छ । केही उतारचढाव आएपनि व्यापार-व्यवसायमा राम्रै फाइदा हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सजग रहनुहोला । विद्यार्थी वर्गका लागि समय अनुकूल छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– चिताएको काम बन्ने समय छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नुका साथै वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका जुर्ला । परिश्रमको राम्रो मूल्यांकन हुनेछ । दाम्पत्यसुख बढ्नेछ भने सुख-सुविधाको वस्तु बढ्नेछन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– धेरै परिश्रमबाट थोरै लाभ मिल्ने दिन छ । खर्च कम गर्न गरिएको प्रयास सार्थक नहुन सक्छ । नियमित खर्च वृद्धि हुने देखिन्छ । आयआर्जनकै सवालमा पति-पत्नीबीच असमझदारी तथा विवाद हुने सम्भावना छ, सजग रहनुहोला । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने नै छ । रोकिएको काम पुनः अघि बढ्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– नियमित कार्यमा जाँगर चल्नेछ । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइने समय छ । रोकिएका काम सुरु हुनेछन् भने आयआर्जनका स्रोत बढ्नेछन् । नियमित व्यवसायबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– मिश्रित फलदायी समय छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । खानपानमा विशेष ख्याल राख्नु हितकर हुनेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिनसक्ने योग रहेकोले सतर्क र संयम भइ उद्देश्यप्राप्तिमा लागिपर्नु उचित होला । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– चुनौतीहरू पन्छाउँदै रोकिएका काम पूरा गर्न सकिने समय छ । कुटुम्बको विशेष सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय विस्तार हुने योग छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने देखिन्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आजको दिन बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनाले कठिन कार्य पनि सहजै बन्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्ने समय छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आरोग्य बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– आजको दिन विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । आर्थिक अभावले केही सताएपनि पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– अनुकलता बढ्नुका साथै नियमित कार्यमा जाँगर चल्ने समय छ । स्वास्थ्य सबल रहनेछ भने प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा पनि सुधार हुने देखिन्छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने योग छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– केही जोखिम बढेपनि आधा-अधुरा काम अघि बढ्ने र विशेष कार्ययोजनाले मूर्तरुप पाउने समय छ । पढाइलेखाइमा प्रगति र धर्मकर्म एवम् समाजसेवामा विशेष लगाव बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । कृषि र पशुपालनबाट विशेष फाइदा मिल्ने देखिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू