उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
घिसिङले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। पूर्व ऊर्जा मन्त्रीसमेत रहेका घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग चुनावी सहमति हुन नसकेपछि आफ्नै नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) बाट निर्वाचनमा होमिएका हुन्।
नेपाल विद्युत प्राधिकरणमा लगातार दुई कार्यकाल कार्यकारी प्रमुखका रूपमा काम गरेका घिसिङले लोडसेडिङ अन्त्यलगायतका उल्लेखनीय उपलब्धिका कारण जनतामाझ व्यापक लोकप्रियता हासिल गरेका छन्। सार्वजनिक सेवामा गरेको कार्यसम्पादनकै आधारमा उनी पहिलोपटक प्रत्यक्ष निर्वाचनमा सहभागी हुँदैछन्।
काठमाडौं–३ मा यसअघि नै नेकपा (एमाले) बाट रामेश्वर फुयाँल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजुनाथ पाण्डे उम्मेदवार भइसकेका छन्। प्रतिस्पर्धात्मक मानिएको यस क्षेत्रमा घिसिङको उम्मेदवारीले चुनावी समीकरण थप रोचक बन्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्