मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गरे सफलता प्राप्त हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य लाभ मिल्नेछ । सामान्य रोगले सताउन सक्छ । सहयोगीहरूले हात झिक्दा केही समस्या बढ्न सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साह जनक समाचारले खुशी बढाउनेछ । चिताएको काम पुरा नहुन सक्छ । समझदारी बढ्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आशा गरेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पन्न हुनेछ । आम्दानी बढ्नेछ र भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्ति हुने योग छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)धार्मिक अनुष्ठान र मंगलमय काम सम्पन्न हुन सक्छ । व्यवसायमा लाभ हुनेछ । कार्यमा प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछ भने बोलीको प्रभाव पनि बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका मिल्ने सम्भावना छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । गोपनीयतामा ध्यान दिनुहोला । पुरानो समस्याले केही झमेला ल्याउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)कीर्तिमानी काम सम्पन्न हुनेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । नयाँ कामको सुरुवात खासै सहज छैन । कार्यमा केही हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)गरिएका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । साना समस्या आएपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)नयाँ काम सुरु गर्न केही समय पर्खनुहोला । गरीसकेको काम निरन्तरता दिनुहोस् । पिडा दिने व्यक्ति सक्रिय हुन सक्छन्, सावधान रहनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर पाउन सकिनेछ । मनन, ध्यान वा रचनात्मक काममा रुचि बढ्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)व्यापारमा फाइदा हुनेछ । काममा माता पिताको सहयोग प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनबाट लाभ हुने समय छ ।
प्रतिक्रिया दिनुहोस्