Ads

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा


विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमिति भोलि सानेपामा पुग्ने भएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, सभापति थापा भोलि पार्टीको बैठक राख्न पार्टी मुख्यालय जानेछन्। त्यस्तै, सानेपामा केन्द्रीय समितिको बैठक पनि बस्नेछ।

यसअघि शेरबहादुर देउवा पक्षका नेताहरूले विशेष महाधिवेशन गर्न अस्वीकार गरेपछि, थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आयोजना गरेका थिए। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिइसकेको छ।

पहिला, देउवा गुटको भेला सानेपामा भइरहेकै बेला थापाले नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा केन्द्रीय समिति बैठक राखेका थिए। तर अब, थापाको हस्ताक्षर स्वीकार गर्दै देउवा पक्षका नेताहरूले पनि चुनावमा सहभागी भएपछि, थापा सानेपामा जान लागेका हुन्।

Ads

सम्बन्धित पोष्टहरू