Ads

गोरखा २ मा उम्मेदवारी फिर्ता लिएको बाबुरामको घोषणा


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

‘विभिन्न पक्षबाट आएको दबाब’को कारण देखाउँदै उम्मेदवारी फिर्ता गर्नुले वर्तमान निर्वाचन राजनीतिमा विचारभन्दा शक्ति र दबाब हाबी भएको स्पष्ट संकेत गरेको छ।

फेसबुक लाइभमार्फत सार्वजनिक रूपमा उम्मेदवारी फिर्ता लिँदै भट्टराईले आगामी दिनमा निरन्तर जनताको सेवामा लागिरहने बताएका छन्। तर नयाँ दललाई साथ दिने अभिव्यक्ति दिए पनि उनले कुनै दलको खुला समर्थन नगर्नुले राजनीतिक अन्योल र अस्पष्टताको सन्देश दिएको छ।

गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन औपचारिक आग्रह गरेको थियो भने नेकपाले तारा चुनाव चिह्न दिएर लेखनाथ न्यौपानेलाई फिर्ता बोलाउने प्रस्ताव अस्वीकार गरेको थियो। यी घटनाक्रमले गोरखाको चुनावी मैदान विचारको प्रतिस्पर्धाभन्दा सौदाबाजी र शक्ति सन्तुलनको खेलमा सीमित भएको आरोपलाई बल पुगेको छ।

राजनीतिमा लामो समय वैचारिक संघर्षको नेतृत्व गरेका भट्टराईको फिर्ताले प्रश्न उठाएको छ- के अब चुनाव विचारले होइन, दबाब र गठजोडले जितिन्छ? गोरखा–२ को यो घटनाले समग्र लोकतान्त्रिक अभ्यास र राजनीतिक नैतिकतामाथि गम्भीर बहसको आवश्यकता देखाएको छ।

Ads

सम्बन्धित पोष्टहरू