मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिने समय छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । विशिष्ट जनसँग मित्रता बढ्ने देखिन्छ । बुद्धिको उपयोगले काम लिने योग छ । स्थायी सम्पत्ति जोड्ने प्रयास सार्थक हुन सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– स्थायी सम्पत्ति आर्जन गर्ने एवम् सामाजिक प्रतिष्ठा वृद्धि हुने दिन छ । केही खर्च लागे पनि कामको प्रयत्न सफल होला । स्वास्थ्यमा भने सामान्य कमजोरी देखापर्न सक्छ, सावधानी अपनाउनुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– नियमित कार्यमा जाँगर चल्ने दिन छ । रोकिएको काम बन्नाले उत्साह जागृत होला । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । भाग्य बलवान् रहला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने योग छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिने समय छ । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । प्रशंसकहरू बढ्नेछन् भने आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्ला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– रचनात्मक काम गरेर पुरानो अवस्थामा केही सुधार ल्याउन सकिने समय छ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनु आवश्यक छ । विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन्, सजग रही व्यवहार गर्नुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– मिश्रित फलदायी समय छ । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्नसक्छ । तथापि, कर्मयोग अभिवृद्धि हुनेछ । सामान्य अस्वस्थताका बीच कामको बोझ बढ्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, ध्यान राख्नुहोला । पैत्रिक सम्पत्तिमा विवाद आउनसक्छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– वौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । आँटेका काम बन्नाले जोश-जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । आजको दिन सोखपूर्तिमा खर्च केही भने बढ्ने सम्भावना छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदा नै हुने समय छ । तर, धेरै परिश्रमबाट थोरै लाभ मिल्ने देखिन्छ । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउला । सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । नजिकका प्रियजनको सहयोग रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । तापनि, सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका जुर्न सक्छ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– आयआर्जनको दृष्टिले दिन राम्रो देखिन्छ । कुनै नयाँ काम शुरु गर्दै हुनुहुन्छ भने परिवारजनको राम्रो सल्लाह तथ साथ मिल्नेछ । व्यापार-व्यवसायबाट राम्रै धनलाभ हुने तथा नउठ्ने पैसा पनि उठ्ने योग छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– इमानका साथ मिहेनत गरेपनि सोचेअनुसार फाइदा नहुने देखिन्छ । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । बाँकी विषयमा सुखले साथ दिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्या समाधानको दिशामा जानेछ ।
प्रतिक्रिया दिनुहोस्