Ads

२०८२ माघ १४ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– वौद्धिकताका साथ पराक्रम बढ्ने समय छ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने देखिन्छ । आयबल वृद्धिका लागि मन लगाएर काम गर्नुहोला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य पनि बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– आजको दिन अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना छ, हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यसाथ सावधानी अपनाएर काम लिने प्रयत्न गर्नुहोला । यात्राको व्यवस्थापनमा खर्च बढ्ने देखिन्छ । अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, तथापि आत्मविश्वासमा कमी आउनेछैन ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– प्रतिष्पर्धी परास्त गर्ने क्षमतामा वृद्धि हुने दिन छ । सामर्थ्य वृद्धि हुनुका साथै कठोर मिहिनेतले रोकिएको काम बन्नेछ । व्यावसायिक काममा लाभ उठाउन सकिएला । स्वअधिकारको सुरक्षा गर्न केही कसरतमा जुट्नुपर्ने भएपनि आजको दिन समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– दिन सामान्य तथा सहज नै रहला । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ भने धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा हासिल हुने देखिन्छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । तर, शोख पूरा गर्नमा आज केही खर्च बढ्ने सम्भावना छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– रोकिएका काम सम्पादन हुनेछन् भने परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । जोखिम बढेपनि भूमि तथा मातृधनबाट लाभ उठाउन चाहे सफलता मिल्नेछ । ब्यस्तता बढ्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– केही चुनौतीहरू देखिनेछन्, तर चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । प्रतिकुल परिस्थितिका बाबजुद मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विपरीतलिंगी मित्रको साथ मिल्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– मिश्रित फलदायी समय छ । चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । पढाइलेखाइमा मध्यम अवस्था छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– शुभदायी समय छ । श्रमको उचित मूल्यांकन हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्ने देखिन्छ । पारिवारिक आवश्यकता पूर्ति होला । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– नियमित कार्यमा जाँगर बढ्नुका साथै दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने सम्भावना प्रबल छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– महत्वाकांक्षी योजना फलीभूत हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । नयाँ जिम्मेवारी हातपर्ने सम्भावना छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– मान-प्रतिष्ठा कमाउने समय छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सन्तानपक्ष एवम् अनुयायीले प्रशन्नता दिलाउनेछन् ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– आजको दिन केही बाध्यतापूर्ण कामको बोझ पर्नसक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । सामान्य विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने देखिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू