मेषनयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालीन लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी फाइदा दिलाउनेछ ।
वृषआज सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्न लाभ पनि हुनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइएला भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहन सक्छ ।
मिथुननसोचेको ठाउँबाट धन लाभ हुने देखिन्छ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।
कर्कटआज धन लाभको सम्भावना छ, साथै टाढाको यात्राको योग पनि रहेको छ । दिन रमाइलोसँग बित्नेछ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ ।
सिंहमसलाजन्य खानाबाट विशेष सावधान रहनुहोला, रोग निम्तिन सक्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्नेछ । ठूलै फाइदाको आश्वासन पाइनेछ । विशेष योजनाहरू बन्नेछन् ।
कन्याराम्रो कर्म फल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ । असंयमित व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोस् । बलभन्दा बुद्धिको उपयोग गर्न सके फाइदा हुनेछ । आज अनायासै धन खर्च हुन सक्छ ।
तुलापारिवारिक जमघटमा मन रमाउनेछ । तर भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । सहयोगीहरूले राम्रो साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । अवसर आएपनि त्यसबाट लाभ उठाउन नसकिएला ।
वृश्चिकअवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानी गर्ने समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय हो । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।
धनुमेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रो फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । तर सहयोगीहरूबाट धोका पाउने सम्भावना रहेकाले सचेत रहनुहोस् ।
मकरलाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । साझेदारीमा फाइदा हुनेछ । उपहारका नाममा बिग्रिएको वस्तु हात लागि हुन सक्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ तर पेटको समस्याले सताउन सक्छ ।
कुम्भअध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत प्राप्त हुनेछ । विभिन्न अवसरहरूले पछ्याउने छन् । बोलीको प्रभाव र कार्य सम्पादन क्षमता बढ्नेछ ।
मीनहोसियारी पूर्वक काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो लाभ उठाउन सकिनेछ । कृषि कर्म र व्यवसायिक काममा मनग्य फाइदा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्