Ads

२०८२ माघ २१ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने सम्भावना छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय रहेकोले विशेष योजना थाती राखेर नियमित कर्ममा ध्यान लगाउनु उचित होला । चोरी वा ठगीमा परिने सम्भावना छ, सजगता अपनाउनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सचेत रहनुपर्नेछ । अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्न सक्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ । आर्थिक व्यवहारमा सजग रहनु उचित हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– रोकिएका काम बन्नाले उत्साह जागृत हुने दिन छ । दाम, इनाम र प्रतिष्ठा आर्जन गरी आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिएला । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । प्रतिस्पर्धामा विजयी भइनेछ भने रमाइलो यात्राको सम्भावना छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आजको दिन उत्साहवद्र्धक रहला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । व्यवहारले नयाँ ज्ञान दिलाउन सक्छ । श्रमको उचित मूल्यांकन हुनुका साथै पढाइलेखाइमा मन जानेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– मन लगाएर प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । कीर्तिमानी काम गर्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ । व्यापारमा पनि राम्रै फाइदा हुने योग छ । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषयमा अनावश्यक चासो लिँदा झमेला आइपर्न सक्छ, ध्यान राख्नुहोला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– शुभदायी दिन छ । विभिन्न अवसरले पछ्याउनेछन् सुखद समाचारले उल्लास बढाउला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । मित्रजन, सन्तान वा अनुयायी अनि मातृशक्तिको सल्लाह–सहयोगले विशेष फाइदा हुनेछ । महत्वाकांक्षी योज

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ भने अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । साझेदारीको काममा आंशिक सफलता मिल्न सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू