मेष भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनु पर्नेछ ।
वृष छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । विना प्रतिस्पर्धा धन लाभ हुनेछ । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ ।
मिथुन अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ ।
कर्कट दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला ।
सिंह स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला । मध्याह्नपछि व्यवसायिक काममा खर्च बढ्नेछ । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै फाइदा हुनेछ ।
कन्या अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । अन्न लाभ पनि हुने देखिन्छ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिनेछ ।
तुला हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । कमजोरी लुकाउँदा पछि परिनेछ ।
वृश्चिक प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ ।
धनु ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्य पनि कमजोर बन्न सक्छ । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
मकरमेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । दिन सामान्य नै छ । आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
कुम्भपहिलेका सम्झौता तोड्नु पर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
मीन नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धन लाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्