Ads

२०८२ फागुन ३ गते आइतबार, तपाईको दैनिक राशिफल


मेषआम्दानी बिगार्नेहरू सक्रिय हुन सक्छन् । श्रमको उचित मूल्य नपाइन सक्छ र सोचेभन्दा कम फाइदा मिल्ने सम्भावना छ । भौतिक साधन जुट्नाले दिगो लाभ दिने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने संकेत देखिन्छ ।

वृषआजको लाभांश सुरक्षित वा सञ्चित नहुन सक्छ । सर सापटमा धन खर्च हुने योग छ । भौतिक साधन जुट्नेछ र आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । अवसर प्राप्त भएपनि अरूको भर परेमा धोका हुन सक्छ ।

मिथुनएउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक तथा मंगलमय कार्य सम्पन्न हुन सक्छन् । प्रतिभाको कदर हुनेछ र बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ । दिगो आम्दानीको स्रोत सुरु गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट व्यवसायमा प्रशस्त लाभ हुनेछ । भाग्योन्नतिको समय छ । धेरैको हित हुने काम सुरु गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ, त्यसैले सावधानी अपनाउनु होला । मान्यजनसँग असमझदारी बढ्न सक्छ ।

सिंहअवसर आएपनि पूर्ण लाभ लिन नसकिएला । ठूलो प्रयासपछि सामान्य फाइदा मात्र मिल्ने संकेत छ । हठी स्वभावले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा पूर्ण रूपमा निर्भर नहुनुहोला । सामान्य मनमुटावको सम्भावना छ ।

कन्याआफ्नै कमजोरीले विवादमा पर्ने सम्भावना छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर देखिन सकिन्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु उचित हुनेछ । परिवारजनको सहयोग लाभदायी हुनेछ ।

तुलागरिएका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । कामबाट फुर्सद मिल्नेछ र अतिथिका रूपमा सम्मान पाइने सम्भावना छ ।

वृश्चिकआश्वासन दिएर झुक्याउनेहरूबाट सतर्क रहनुहोला । बन्ने निश्चित भएको काम अचानक बिग्रन सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । विस्तारका लागि यात्रा गर्ने अवसर मिल्नेछ ।

धनुस्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउनेछ । अध्ययनमा ध्यान दिन गाह्रो पर्न सक्छ । न्यून उपलब्धिका लागि धेरै मेहनत गर्नुपर्नेछ । नयाँ काम सुरु गर्न केही समय पर्खनु राम्रो हुनेछ ।

मकरकामबाट अरूलाई प्रभावित पारेर लाभ लिन सकिनेछ । कीर्तिमानी कार्य सम्पन्न हुन सक्छ । प्रतिस्पर्धा सामना गर्नुपर्ने समय छ । शत्रु पक्ष सक्रिय हुन सक्छ ।

कुम्भ आशा मारेको काम बन्नाले उत्साह बढ्नेछ । सानो प्रयासले ठूलो उपलब्धि मिल्नेछ । लगनशीलताले सफलता दिलाउनेछ । चिताएका काम क्रमशः पूरा हुनेछन् । मिठो वाणीले प्रभाव जमाउन सकिनेछ ।

मीन आफन्तसँग केही दूरी बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । पढाइ लेखाइमा मध्यम प्रगति हुनेछ । सेवामूलक कार्यबाट धन लाभ हुनेछ । सन्तान वा सहयोगी मार्फत काम बन्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू