Ads

२०८२ फागुन ५ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेषअचानक आम्दानी हुने योग छ । पैसा कमाउने अवसर प्राप्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । साथी तथा घर परिवारबाट सुख शान्ति मिल्नेछ ।

वृषनसोचेको ठाउँमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्न सक्छ । सोच्दै नसोचेको स्थानमा पैसा खर्च हुन सक्ने देखिन्छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ ।

मिथुनआफन्तसँगको मिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ । खर्चभन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ । काम बन्नाले सुखको अनुभव हुन्छ ।

कर्कटपैसा कमाउने योग छ । बचत हुने प्रबल सम्भावना देखिन्छ । नयाँ कामका योजनाहरू बन्ने सम्भावना छ । पारिवारिक सुख मिल्ने दिन छ भने व्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।

सिंहमनोरञ्जनात्मक तरिकाले काम सफल हुनेछ । नयाँ योजनाहरू बन्ने सम्भावना छ । रमाइलो वातावरणमा काम गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुन सक्छ ।

कन्यावादविवादको सामना गर्नुपर्न सक्छ । आगो तथा मेसिनरी सामाग्रीबाट सावधान रहनु उचित हुनेछ । आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन् ।

तुलाजागिर सम्बन्धी काममा केही डर रहनेछ । मान सम्मान प्राप्त भएपनि मनमा चिन्ता रहन सक्छ । स्वास्थ्यका दृष्टिले समय राम्रो छ । आर्थिक लाभ हुनेछ ।

वृश्चिकरमाइलो र मनोरञ्जनपूर्ण दिन रहनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मन प्रसन्न रहनेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।

धनुअप्रत्याशित लाभ हुनेछ । काममा मन राम्रोसँग लाग्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजबाट फाइदा हुने संकेत छ । सुखको अनुभव हुन्छ ।

मकरअनावश्यक झमेलामा पर्न सकिन्छ । केही हानि हुन सक्ने भएकाले सावधान रहनु होला । पीडा दिने व्यक्तिहरू सक्रिय हुन सक्छन् । स्वास्थ्यको विशेष ख्याल गर्नु उचित हुनेछ ।

कुम्भधन आर्जनका लागि राम्रो दिन छ । अन्न सम्बन्धी काममा लाभ हुनेछ । कसैबाट सहयोग तथा समर्थन प्राप्त हुन सक्छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ ।

मीनराम्रो आम्दानीका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको स्थानबाट धन लाभ भई मन हर्षित रहनेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ ।

Ads

सम्बन्धित पोष्टहरू