बिमला घिमिरे तिवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछाने नागकिता प्रकरणमा मुछिएका छन् । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनितिक दल खोल्ने वा सो दलको साधारण सदस्य समेत रहन नपाउने भन्दै मंसिर १९ गते लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियाे । तर निर्वाचन आयाेगले आफ्नाे क्षेत्राधिकार भित्र नपरेकाे भन्दै यसकाे छानबिनकाे लागि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पत्र पठाएकाे छ ।
यसैबीच लामिछानेविरुद्ध उजुरी परेपछि गैर आवासीय नेपाली संघ(एनआरएनए)का महासचिव गौरीराज जोशीले त्यसको चासाे गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै नागरिकता प्रकरणकाे चासाे गरेका हुन् ।
उनले रवि लामिछानेको नेपाली नागरिकता विवादका बारेमा विभिन्न तर्क वितर्कहरु आईरहेको भन्दै नागरिकता विवादमा लामिछाने मात्र नभएर उनीसंगै विदेशमा बस्ने हजारौँ नेपालीसंग जोडिएको बताए । उनले थप भनेका छन् ‘बाध्यतावश विदेशमा बस्दा लाखौं नेपालीले सजिलोका लागि स्थायी बसोवास अनुमती वा नागरिकता लिनु स्वभाविक हो ।
यसले नेपाललाई फाइदा बाहेक कुनै नोक्सान गरेको छैन ।’
नेपाललाई यसले कुनै नोक्सान नगरेको र यसलाई बुझेर गैर आवासिय नेपाली संघ (एनआरएनए)ले नेपाली नागरिकताको निरन्तरतालाई शुरुदेखिनै अभियानका रुपमा बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर लागि रहेने उनको भनाई छ । नेपालको संविधान र कानुनमा विदेशमा बस्दा त्यहाँ लिएको नागरिकता त्यागेपछि भईरहेको नेपाली नागरिकता कायम हुने उल्लेख भएकामे भन्दै कानुनको यही मुल मर्म अनुसार अहिलेको विषयलाई उदार भएर हेर्नु पर्ने उनले तर्क गरेका छन् ।
उनले नागरिकताको विषय उठाएर विदेशमा बस्ने नेपालीको राष्ट्रियता, नेपाल राष्ट्रप्रतिको मायालाई कम मुल्यांकन गर्दा विदेशमा रहेका ५० लाख नेपालीको भावनासंग खेलवाड हुने बताए ।
कुनै पनि देशको कानुनभन्दा माथि कोही पनि हुदैंन भन्दै संविधान र कानुनको मुलमर्मलाई पनि बिर्सन नहुने उनले जिकिर गरेका छन् । सांसद रविसंगै उठेको विवादलाई पनि यही रुपमा हेरिनु पर्ने उनको माग छ ।
उनकाे स्टाट्स जस्ताकाे त्यस्तै :
प्रतिक्रिया दिनुहोस्