Ads

प्रतितोला ५ हजार ६ सयले बढ्यो सुनको मूल्य


काठमाडौंं, । नेपाली बजारमा आज (आइतबार) साताको पहिलो दिन सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ सय रुपैयाँले बढेको हो ।

योसँगै आज सुन मूल्य प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा तोकिएको छ । गत शुक्रबार सुन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढ्यो  । शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू