Ads

२०८२ फागुन १३ गते बुधबार, तपाईको दैनिक राशिफल


मेषसाथी भाइले काममा सहयोग जुटाउन सक्छन् । कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउँबाट धन प्राप्त हुन सक्छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।

वृषस्वास्थ्यमा कमजोरी तथा काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुन सक्छ । मुख्य काममा बाधा देखिन्छ । सानातिना घरेलु काममै अल्झिनुपर्दा मन अशान्त रहला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिन हुन सक्छ ।

मिथुननजिकका साथीभाइ टाढिए पनि टाढाका साथीहरूसँग सम्बन्ध गाँसिनेछ । अर्थ अभावले केही काम रोकिन सक्छ । समस्या प्रति गम्भीर नभए अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।

कर्कटकाम र पदको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, त्यसैले सावधान रहनुहोला । दिगो आम्दानी हुने काम सुरु हुन सक्छ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।

सिंहकीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनेछ र आम्दानी पनि बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाट धोका पाउन सकिने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

कन्याकेही अवसर जुटेपनि परिस्थिति संघर्षमय रहन सक्छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला । लेनदेनको विवादले समस्या निम्त्याउन सक्छ ।

तुलादिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर मिल्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

वृश्चिकप्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू भेटिनेछन् । नयाँ काम प्रारम्भ हुन सक्छ । आयआर्जन राम्रो रहनेछ । अतिथिका रूपमा सम्मान पाइने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

धनुहिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा फर्काउन मद्दत गर्नेछ । पढाइ लेखाइमा पर्याप्त समय दिन नसकिएला । सहयोगीहरूको भर पर्दा सबै काम सफल नहुन सक्छन्, तर आर्थिक लाभ हुने संकेत छ ।

मकर अवसर प्राप्त भएपनि कुरा लगाउनेहरूको फन्दामा पर्ने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले काम सम्पन्न गर्न कठिन हुन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।

कुम्भआफ्नै कमजोरीले ढिलासुस्ती हुन सक्छ । परिवारजनसँग असमझदारी बढ्नाले काममा बाधा पुग्न सक्छ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने समय छ । आम्दानी बढ्नेछ र परिवारका आवश्यकता पूरा हुनेछन् ।

मीन आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । दिन सामान्यतया राम्रो रहनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ तथा दाम्पत्य सुख प्राप्त हुनेछ । सहयोग र उपहार प्राप्त हुने सम्भावना छ ।

Ads

सम्बन्धित पोष्टहरू