Ads

२०८२ फागुन १४ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष शरिरमा उत्साह र उमङ्ग वृद्धि हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा लाभको योग छ । मेहनतले सम्मानित स्थान दिलाउन सक्छ । नचिताएको ठाउँबाट धन आर्जन हुँदा मन प्रसन्न हुनेछ ।

वृषसामाजिक क्षेत्रमा नेतृत्व हात लाग्नेछ । कामले धेरैको मन जित्न सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि तथा पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ मिल्नेछ ।

मिथुन आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्षेत्रमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने योग छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर लाभ लिन सकिनेछ ।

कर्कटहाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै अध्ययन अध्यापन क्षेत्रमा प्रगति हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

सिंह दुर्गम स्थान वा टाढाको यात्रा सम्भव छ, तर अनावश्यक यात्रा नगर्नु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कला निखार्ने अवसर मिल्नेछ । आफन्तबाट केही टाढिनु पर्ने अवस्था आउन सक्छ ।

कन्यादोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने सम्भावना छ । विगतका कमी कमजोरी सुधार्ने अवसर मिल्नेछ ।

तुला कल्पना र भावनामा केन्द्रित भइनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले वाणी नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्त भेटिनेछन् ।

वृश्चिकबौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । नयाँ ज्ञान हासिल गर्ने योग छ । विविध लाभ प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नेछन् र दिगो फाइदा हुनेछ ।

धनु पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विगतको सफलताले थप हौसला जगाउनेछ । व्यवसायमा प्रशस्त लाभ हुनेछ । भाग्योन्नतिको समय छ ।

मकरमेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने कार्य सम्पन्न हुनेछ । काममा आलस्य आउन सक्छ र खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ ।

कुम्भ जटिल काम सम्पन्न हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । चिताएको काम सम्पन्न हुनेछ । पुराना कमजोरी सुधार्ने अवसर पाइनेछ ।

मीन ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्नेछ र नयाँ अवसर मिल्नेछ । रमाइलो जमघटको अवसर प्राप्त हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू