मेष अनावश्यक विवादमा फस्ने सम्भावना भएकाले बोल्दा संयम अपनाउनु उपयुक्त हुनेछ । पेशागत क्षेत्रमा केही चुनौती देखिन सक्छ । कानुनी झन्झट वा अप्रत्याशित समाचारले मन अस्थिर बनाउन सक्छ ।
वृष व्यापारमा गरिएको लगानी सन्तोषजनक रहनेछ । अरूबाट प्रशंसा पाइने र सामाजिक क्षेत्रमा सम्मान बढ्ने संकेत छ । दिदी बहिनी वा आफन्तका काममा सहयोग गर्नुपर्ने हुन सक्छ ।
मिथुनवैदेशिक क्षेत्रसँग सम्बन्धित लगानीबाट लाभ मिल्नेछ । अध्ययन, कृषि तथा व्यापारमा प्रगति हुनेछ । नजिकका मित्रबाट सहयोग प्राप्त हुनेछ र खुसीको खबर सुन्न पाइनेछ । चल अचल सम्पत्तिको कारोबार सम्भव छ ।
कर्कटचुनौतीका बीच पनि अपेक्षा नगरेको काम सफल हुन सक्छ । धैर्य र परिश्रमले उपलब्धि दिलाउने समय छ । साथीभाइको सहयोगले रोकिएका काम अघि बढ्नेछन् ।
सिंहस्वास्थ्य प्रति सजग रहनु आवश्यक छ, विशेष गरी खानपानमा ध्यान दिनुहोला । अनावश्यक खर्च बढ्न सक्छ । विरोधी सक्रिय हुन सक्ने भएकाले सतर्कता आवश्यक छ ।
कन्याअध्ययनमा सफलता प्राप्त हुनेछ । बुद्धिमत्ताको कदर हुने र नयाँ कार्य प्रारम्भ गर्ने अवसर मिल्नेछ । रोकिएका काम सम्पन्न भई आर्थिक अवस्था सबल बन्नेछ ।
तुलाअपेक्षाभन्दा बढी लाभ मिल्ने संकेत छ । निर्माण तथा व्यवहारिक कार्यमा रुचि बढ्नेछ । आफन्तसँग भेटघाटले मन प्रसन्न बनाउनेछ । आयआर्जन राम्रो रहनेछ र परिवारबाट नयाँ योजनाका लागि सकारात्मक सुझाव प्राप्त हुनेछ ।
वृश्चिकप्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभको अवसर मिल्नेछ । काम सजिलै सम्पन्न हुनेछन् । यात्रा, भ्रमण तथा मनोरञ्जनका गतिविधिमा समय बित्नेछ ।
धनुघरेलु समस्याले मन अस्थिर बनाउन सक्छ । नजिकका व्यक्तिबाट धोका हुने सम्भावना भएकाले सावधान रहनुहोला । आर्थिक हानी तथा स्वास्थ्य समस्या देखिन सक्छ ।
मकर आकस्मिक धन लाभ हुन सक्छ । तर साना तिना काममा अल्झनुपर्ने अवस्था आउन सक्छ । लेनदेनमा सावधानी अपनाउनु आवश्यक छ । आमाबाट प्राप्त सहयोग वा स्रोतबाट लाभ मिल्न सक्छ ।
कुम्भ आर्थिक अवस्था सन्तोषजनक रहनेछ । रोकिएका काम सम्पन्न हुने र नयाँ कार्य सुरु गर्ने अवसर मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । परिवार तथा सन्तान पक्षबाट खुसीको समाचार प्राप्त हुन सक्छ ।
मीन अध्ययन र व्यापारमा निरन्तर सफलता प्राप्त हुनेछ । साथीभाइसँग भेटघाटको अवसर मिल्नेछ । नयाँ योजनाहरू बन्नेछन् र काममा उत्साह बढ्नेछ । आर्थिक लाभका साथै नयाँ कार्य प्रारम्भका लागि दिन शुभ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्