मेष व्यवसायिक काममा खर्च बढ्नेछ र अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि राम्रोसँग विचार गर्नुहोला । समय मध्यम रहने देखिन्छ ।
वृष आज आयआर्जन राम्रो हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
मिथुन पढाइ लेखाइमा पर्याप्त समय दिन नसकिएला । सहयोगीहरूको भर पर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तीय लाभ हुने देखिन्छ । कृषि र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ ।
कर्कटस्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न कठिन हुन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छर छिमेकमा झैझगडा हुने सम्भावना छ, सावधान रहनु होला । रुपैँया पैसा हराउन सक्छ ।
सिंह व्यापार व्यवसायमा राम्रो फाइदा हुने समय छ । आम्दानी बढ्नेछ र परिवारजनका आवश्यकता पूरा हुनेछन् । तर काम बिग्रने डरले मन अशान्त रहन सक्छ । बेसुरमा बचन दिनाले दुःख पाइने सम्भावना छ ।
कन्या प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत हुनेछ भने दाम्पत्य जीवनमा सुखको अनुभव हुनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुन सक्छ । सजिलै काम बन्नाले उत्साह बढ्नेछ । सानो प्रयासले ठूलो काम सम्पन्न हुनेछ ।
तुला सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुपालन र कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ, दिन सामान्य रहनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ ।
वृश्चिक मुख्य काममा बाधा आउने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिन हुन सक्छ । स्वास्थ्य पनि कमजोर रहन सक्छ ।
धनु समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीका कारण इष्टमित्र टाढिन सक्छन् । तर आज सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
मकर लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बन्ने सम्भावना छ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ ।
कुम्भ बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेट सम्बन्धी समस्याले सताउन सक्छ ।
मीन सवारी चलाउँदा सावधानी अपनाउनुहोला । लेनदेन सम्बन्धी विवादले अप्ठ्यारो पर्न सक्छ । पुरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् ।
प्रतिक्रिया दिनुहोस्