Ads

काठले च्यापिएर एक जनाको मृत्यु


त्रिवेणी (रुकुम पश्चिम), । जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ ।

वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो ।

काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू