भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन–जी अभियन्ताहरूले सरकारमाथि दबाब बढाएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले प्रतिवेदन २४ फागुनमा सरकारलाई बुझाइसकेको भए पनि अहिलेसम्म सार्वजनिक नगरेपछि जेन–जी अभियन्ताहरूले सरकारको आलोचना गर्न थालेका छन्।
अभियन्ता रक्षा बमलगायतका युवाले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै दबाब अभियान सुरु गरेका हुन्।
कार्की नेतृत्वको आयोगलाई भदौ २३ गतेको जेन–जी आन्दोलनमा भएको दमन र भदौ २४ गते भएको तोडफोड तथा आगजनीका घटनाबारे छानबिन गर्ने जिम्मेवारी दिइएको थियो। निर्वाचनअघि पटक–पटक म्याद थप्दै कार्यकाल लम्ब्याइएको आयोगले निर्वाचन सम्पन्न भएपछि मात्रै प्रतिवेदन सरकारलाई बुझाएको थियो।
प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन जेन–जी युवाले आज दिउँसो १ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरेका छन्।
सरकारले गत असोज ५ गते गौरीबहादुर कार्कीको नेतृत्वमा उक्त जाँचबुझ आयोग गठन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्