Ads

२०८२ चैत्र ३ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष आज धन कमाउने नयाँ बाटाहरू खुल्ने दिन छ । सोचेका कामहरूमा सफलता मिल्नेछ । धन लाभको योग छ र दिन खुशी साथ बित्नेछ । परिवारमा सुखद माहोल रहनेछ र साथ दिने साथी वा अभिभावक भेटिनेछन् ।

वृष आज टाढाको यात्रा गर्ने योग छ । नयाँ स्थानको भ्रमणले मन रमाइलो बनाउनेछ । पुराना साथीहरूसँग भेटघाटले खुशी दिनेछ । हाँसखेल र मनोरञ्जनका लागि समय मिल्नेछ, साथै यात्रा मार्फत केही धनलाभ हुने सम्भावना छ ।

मिथुन आज दैनिक प्रयोगका सामान बिग्रने कारण अर्थहानि हुन सक्छ । स्वास्थ्य कमजोर रहने र सामान्य रोगले सताउने दिन छ । काममा सफलता पाउन गार्हो हुने समय छ ।

कर्कट सामाजिक मान सम्मानमा वृद्धि हुने दिन छ । तर, काममा केही बाधा आउन सक्छ । अरूका काममा समय खर्चिनुपर्ने र प्राप्त हुने फल सीमित रहनेछ ।

सिंह बन्द व्यापार वा व्यवसायबाट लाभ प्राप्त हुने दिन छ । स्वास्थ्यमा ठूलो समस्या नदेखिए पनि नयाँ काममा ध्यान दिएमा मान सम्मान बढ्नेछ । धार्मिक तथा परोपकारी कार्यबाट प्रतिष्ठा प्राप्त हुने सम्भावना छ ।

कन्या आज काममा मन लाग्नेछ र आफन्तले साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भएपनि लाभ हुनेछ । व्यवसायिक काम बीचमा अवरुद्ध हुन सक्छ । चुनौती आएपनि प्रयत्न गर्दा समयको सदुपयोग भएर धन लाभ हुनेछ ।

तुला हात हतियार वा कुनै जोखिमपूर्ण काममा सावधानी अपनाउनुहोस् । छरछिमेकसँग सामान्य मनमुटाव वा विवाद हुने सम्भावना छ । परिवारजन वा अभिभावक रुष्ट हुन सक्छन् ।

वृश्चिक आज केही काममा झमेलाको सामना गर्नुपर्ने दिन छ । जागिर वा जिम्मेवारीमा अल्छीपन देखिन सक्छ । काममा बाधा आउन सक्छ, तर धन र मान सम्मान पाउने योग छ ।

धनु आज पराक्रम बढ्ने र अधुरा काम पूरा हुने दिन छ । नयाँ काम पाउने योग छ । पढाइमा मन नलाग्ने हुन सक्छ । पाहुना आगमनको सम्भावना छ । सामाजिक जिम्मेवारीमा सक्रिय रहन सकिनेछ ।

मकर प्राय: सबै कामहरू बन्नेछन् । काममा सहयोग पाइनेछ र आर्थिक लाभ हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने सम्भावना छ । भोज भत्तेरमा सहभागी भएर ठूला व्यक्तिको विश्वास पाउन सकिनेछ ।

कुम्भ बैदेशिक कार्यमा असफलता र दु:खको सम्भावना छ । भाग्यले साथ नदिने र धन नाश हुने योग छ । विवाद बढ्ने र सामाजिक मान सम्मानमा संकट आउन सक्ने दिन हो । घरायसी सम्पत्तिको चिन्ता बढ्न सक्छ ।

मीन व्यापार वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्न र धनको लाभ हुनेछ । नजिकको नातेदारको सहयोग मिल्नेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ ।

Ads

सम्बन्धित पोष्टहरू