राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले जनताबाट “गरुङ्गो वैधता” प्राप्त भएको बताएका छन्।
नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफ्नो दलले पाएको जनादेशलाई ऐतिहासिक जिम्मेवारीका रूपमा व्याख्या गरे।
उनका अनुसार पार्टीले प्राप्त गरेको मत २०१५ सालमा बीपी कोइराला नेतृत्वको कांग्रेसले पाएको दुईतिहाइ मतभन्दा पनि नजिक पुगेको छ। वाग्लेले करिब ४८ प्रतिशत मत प्राप्त भएको उल्लेख गर्दै अब वाचापत्रअनुसार काम गरेर दक्षता प्रमाणित गर्नुपर्ने बताए।
उनले २०४८, २०६४ र २०७४ पछिका राजनीतिक परिवर्तनहरूपछि अहिले फेरि ठूलो जिम्मेवारी आएको भन्दै समय खेर नफाली काममा जुट्नुपर्ने धारणा राखे।
“यो कलेज जस्तै हो, ब्याक टु कलेज हो,” उनले भने, “हामीले पदको गरिमा त्यही स्तरमा पुर्याउने अहम भूमिका खेल्नुपर्छ।”
प्रतिक्रिया दिनुहोस्