Ads

आजदेखि मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा  पुग्दै


काठमाडौं । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा  पुग्दैछ  ।  गत  असार  १७  गतेबाट  मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान  महाँकालस्थित  काठमाडौँ  उपत्यका  खानेपानी  लिमिटेडको  वितरण  केन्द्रको  साँचो  खोलेर  पानी  छोड्नुहुनेछ  ।

मेलम्ची  खानेपानी  आयोजनाका  कार्यकारी  निर्देशक  कमलराज  श्रेष्ठका  अनुसार  सुन्दरीजल  प्रशोधन  केन्द्रबाट  बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Ads

सम्बन्धित पोष्टहरू