Ads

प्रधानसेनापति सिग्देलले गरे समसामयिक परिस्थितिबारे छलफल


प्रधानसेनापति अशोकराज सिग्देल ले समसामयिक सुरक्षा र संस्थागत विषयमा पूर्वप्रधानसेनापतिहरूसँग महत्वपूर्ण छलफल गरेका छन्।

नेपाली सेना का अनुसार जङ्गीअड्डास्थित सैनिक मुख्यालयमा मङ्गलबार आयोजित छलफलमा पूर्वप्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मा सहभागी थिए।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त भेटमा वर्तमान सुरक्षा चुनौती, संगठनात्मक सुदृढीकरण तथा अनुभव आदानप्रदानका विषयमा अन्तरक्रिया भएको थियो।

यस प्रकारका छलफलले संस्थागत निरन्तरता, अनुभवको उपयोग र समसामयिक सुरक्षा अवस्थाको मूल्याङ्कनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू