Ads

२०८२ चैत्र ६ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष आज तपाईंले सोचेका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन् र अन्न लाभ पनि हुनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोगी बन्नुपर्ने तर आफ्ना लागि परिस्थिति केही प्रतिकूल रहन सक्छ ।

वृष नसोचेको ठाउँबाट धन लाभ हुने सम्भावना छ । तर बाध्यतामा अलमलिँदा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले मन अशान्त रहन सक्छ । बेसुरमा बचन दिने बानीले समस्या निम्त्याउन सक्छ, त्यसैले सचेत रहनुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु उपयुक्त हुनेछ ।

मिथुन आज धन लाभको सम्भावना छ भने टाढाको यात्राको पनि योग रहेको छ । दिन रमाइलोसँग बित्नेछ । कृषिबाट सामान्य लाभ मिल्नेछ । परिवारमा आमाको सहयोगबाट काम बन्न सक्छ ।

कर्कट मसलाजन्य खानाबाट विशेष सावधान रहनुहोस्, स्वास्थ्य समस्या आउन सक्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वसँग भेट्ने अवसर मिल्नेछ । ठूलै फाइदाको आश्वासन पाइनेछ र विशेष योजनाहरू बन्नेछन् ।

सिंह राम्रो कर्मफल प्राप्त भई मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुने सम्भावना छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, त्यसैले सजग रहनुहोस् । बलभन्दा बुद्धिको प्रयोग गर्दा फाइदा हुनेछ ।

कन्यापारिवारिक जमघटमा मन रमाउनेछ । तर भेटघाटका कारण अलमल हुँदा नोक्सान हुन सक्छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । सहयोगीहरूबाट राम्रो साथ पाइनेछ र काममा सफलता मिल्नेछ । अवसर आएपनि त्यसको पूर्ण लाभ उठाउन नसकिने सम्भावना छ ।

तुलाअवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानी गर्ने समय छ । विदेश भ्रमणका लागि प्रयास गर्न सकिन्छ । राम्रो आम्दानी गर्ने अवसर मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा विशेष लाभको योग छ ।

वृश्चिक मेहनतले प्रशस्त लाभ प्राप्त गर्न सकिनेछ । व्यापारमा पनि राम्रो फाइदा हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग मिल्नेछ । तर सहयोगीहरूबाट धोका पाउने सम्भावना भएकाले सचेत रहनुहोस् । आलस्य बढ्न सक्छ र खर्च पनि बढ्ने देखिन्छ ।

धनुलाभदायक काम सुरु गर्ने समय छ । गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका रूपमा बिग्रेको वस्तु हात लाग्न सक्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ तर पेट सम्बन्धी समस्या हुन सक्छ ।

मकर अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका कामहरू बिस्तारै पूरा हुनेछन् र नयाँ अवसरहरू पनि प्राप्त हुनेछन् । बोलीको प्रभाव र कार्य क्षमता बढ्नेछ । तर अनावश्यक विवादमा पर्न सकिने सम्भावना छ ।

कुम्भ होसियारीपूर्वक काम गर्नुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयासले पनि राम्रो फाइदा मिल्नेछ । कृषि कर्म र व्यापारमा राम्रो लाभ हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ ।

मीन नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा पछि परिने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालीन लाभ हुने काम सुरु गर्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउनेछ ।

Ads

सम्बन्धित पोष्टहरू