नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन परिणामपछि हतास वा आवेगमा आएर राजीनामा नदिएको स्पष्ट पारेका छन्।
मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा पहिलोपटक निर्वाचनबारे धारणा राख्दै उनले आफ्नो निर्णयलाई जिम्मेवारीबोधसँग जोडेर व्याख्या गरेका हुन्।
उनले भने, “राजीनामा कुनै हतारो वा निराशाको परिणाम होइन, यो जवाफदेहिताको स्वाभाविक अभ्यास हो।” निर्वाचनलगत्तै नै पद त्याग गर्ने मनस्थिति बनाए पनि प्रक्रियागत कामहरू बाँकी रहेकाले केही ढिलाइ भएको उनले स्पष्ट गरे।
निर्वाचनमा पार्टीको नेतृत्व गर्दै ‘टिम कप्तान’को भूमिकामा रहेकाले परिणामको नैतिक जिम्मेवारी आफूले लिनु पर्ने ठानेर राजीनामा दिएको थापाको भनाइ थियो। उनले आफ्नो कदमलाई पार्टीभित्र जिम्मेवारीको संस्कार स्थापित गर्ने प्रयासका रूपमा पनि प्रस्तुत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्