नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ। शनिबार बिहान पक्राउ परेका उनलाई आइतबार कार्यालय खुलेलगत्तै सरकारी वकिलसमक्ष उपस्थित गराइएको हो।
यसैबीच, प्रहरीले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत सोही प्रकरणमा कार्यालय ल्याउने तयारी भइरहेको जनाएको छ।
घटनाले राष्ट्रिय राजनीति तरंगित बनेको छ भने यस प्रकरणले आगामी राजनीतिक समीकरणमा समेत असर पार्ने संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस्