नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी राधिका शाक्य ले सर्वोच्च अदालत मा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार सुनुवाइ हुने भएको छ।
रिटमा आधिकारिक रूपमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरी पक्राउ गरेर थुनामा राखिएको कार्य गैरकानुनी र पूर्वाग्रही भएको दाबी गरिएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट चैत १६ गते सोमबारका लागि पेसी तोकिएको छ।
सोमबार रिट निवेदकका तर्फबाट हुने बहसपछि ओलीको थुनाबारे सर्वोच्चले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। रिटमा सुझावका आधारमा पक्राउ गर्नुले व्यक्तिको स्वतन्त्रताको मौलिक हक हनन् भएको जिकिर पनि गरिएको छ।
उता काठमाडौँ जिल्ला अदालत मा ओली पक्राउपछि १० दिन म्याद थप गर्ने विषयमा बहस सकिएको छ। जिल्ला अदालत प्रशासनका अनुसार आदेश केहीबेरमै आउने तयारीमा छ, जसले ओलीको आगामी कानुनी अवस्थाबारे थप स्पष्टता दिनेछ।
प्रतिक्रिया दिनुहोस्