प्रधानमन्त्री बालेन शाहले सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सम्मित पोखरेलका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना हुनेछ।
नवगठित मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो। यसअघि सरकार गठनलगत्तै शुक्रबार बसेको पहिलो बैठकले कार्की आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
त्यसैगरी, अघिल्लो बैठकले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची पनि स्वीकृत गरेको थियो, जसको कार्यान्वयनमा आजको बैठकले थप ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।
सरकारले नियमित रूपमा सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै आएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्