Ads

सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह


प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सांसदहरूसँग समूहगत छलफल सुरु गरेका छन्।

अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल भइरहेको छ भने अन्य प्रदेशका सांसदहरूसँग आजै छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

सचिवालयका अनुसार, समयअनुसार बाँकी सांसदहरूसँग आगामी दिनमा पनि छलफल जारी रहनेछ।

यसअघि प्रधानमन्त्री शाहले आफ्नो क्याबिनेटका मन्त्रीहरूसँग बैठक गरी योजनाहरू सुनेका थिए र कुनै अलमल नपरी काम अघि बढाउन निर्देशन दिएका थिए।

Ads

सम्बन्धित पोष्टहरू