Ads

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश


सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइ माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले तत्काल रिहा गर्न अस्वीकार गर्दै सरकारलाई स्पष्टीकरण मागेको हो।

यससँगै लेखकलाई हिरासतमा राखेरै जेन-जी आन्दोलन दमनसम्बन्धी घटनामा थप अनुसन्धान र बयान लिन बाटो खुलेको छ।

Ads

सम्बन्धित पोष्टहरू