Ads

२०८२ चैत्र १७ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष अनावश्यक विवादमा फस्ने सम्भावना छ, त्यसैले बोल्दा धैर्य अपनाउनु राम्रो हुनेछ । व्यापारमा भने लाभ हुने संकेत छ, तर पेशागत क्षेत्रमा केही समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सक्ने योग छ । अनौठो समाचार सुन्न पाइएला ।

वृष व्यापारमा गरिएको लगानी सन्तोषजनक रहनेछ । अरूबाट प्रशंसा पाइनेछ र मन प्रसन्न रहनेछ । सामाजिक कार्यबाट नाम र प्रतिष्ठा बढ्नेछ । दिदी बहिनी वा कुटुम्बको काममा सहयोग गर्नुपर्ने हुन सक्छ ।

मिथुन वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट लाभ हुने संकेत छ । पढाइमा प्रगति हुनेछ भने कृषि तथा व्यापारमा पनि नाफा हुनेछ । नजिकका मित्रबाट सहयोग प्राप्त हुनेछ । खुसीको समाचार सुन्न पाइनेछ । चल–अचल सम्पत्तिको कारोबार हुन सक्छ ।

कर्कट चुनौतीका बाबजुद नसोचेका कामहरू पूरा हुन सक्छन् । धैर्यपूर्वक काम लिँदा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । अल्झिएका कामहरू सुल्झिनेछन् । अप्रत्याशित लाभका साथै टाढाको यात्राको योग छ ।

सिंह स्वास्थ्य प्रति विशेष ध्यान दिनुहोस्, विशेष गरी खानपानमा सावधानी अपनाउनु आवश्यक छ । अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले खर्च नियन्त्रण गर्नु राम्रो हुन्छ । रोग लाग्ने सम्भावना भएकाले सचेत रहनुहोस् ।

कन्या पढाइमा सफलता मिल्नेछ । ठूला व्यक्तिबाट बुद्धिको प्रशंसा पाइनेछ । नयाँ कामको थालनी हुने सम्भावना छ । रोकिएका कामहरू बन्ने भएकाले आर्थिक पक्ष बलियो हुनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ र अन्न लाभको योग पनि छ ।

तुला अपेक्षा भन्दा बढी लाभ हुने सम्भावना छ । निर्माण तथा व्यवहारिक कार्यमा रुचि बढ्नेछ । आफन्तसँग भेटघाटले खुशी दिनेछ । आयआर्जन राम्रो रहनेछ । पाहुनाको आगमनले मन प्रसन्न रहनेछ ।

वृश्चिक प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभको अवसर मिल्नेछ । यात्रा हुन सक्छ । कामहरू सजिलै सम्पन्न हुनेछन् । व्यापारमा सामान्य नाफा हुनेछ ।

धनु घरेलु समस्याले सताउन सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्ने सम्भावना छ । आर्थिक हानि हुन सक्छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । धनमाल हराउने वा क्षति हुने सम्भावना भएकाले सजग रहनुहोस् ।

मकर नसोचेको धन लाभ हुन सक्छ, तर सानातिना घरेलु समस्यामा अल्झनुपर्ने हुन सक्छ । काममा केही कठिनाइ देखिन सक्छ । आर्थिक लेनदेनमा सावधानी अपनाउनु आवश्यक छ । आमाबाट प्राप्त सहयोग वा स्रोतबाट लाभ लिन सकिनेछ ।

कुम्भ आर्थिक अवस्था सन्तोषजनक रहनेछ । रोकिएका कामहरू पूरा हुनेछन् र नयाँ काम सुरु गर्न अनुकूल समय छ । पठन पाठनमा रुचि बढ्नेछ । घरायसी काममा व्यस्तता रहनेछ । आम्दानी अपेक्षा अनुसार हुनेछ ।

मीन पढाइ र व्यापारमा सफलता कायम रहनेछ । साथीभाइसँग भेटघाट हुनेछ । नयाँ कामका योजना बन्नेछन् । काम प्रति उत्साह र जाँगर बढ्नेछ । आर्थिक लाभको योग छ । नयाँ काम सुरु गर्न उपयुक्त दिन छ ।

Ads

सम्बन्धित पोष्टहरू