प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
उनको अवकाशसँगै सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्।
कानून व्यवसायी पृष्ठभूमिबाट न्यायसेवामा प्रवेश गरेका राउत २०८१ असोजमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त भएका थिए। उनले कानून व्यवसायीका रूपमा ३३ वर्ष र सर्वोच्च अदालतका न्यायाधीशका रूपमा ८ वर्ष सेवा गरेपछि उक्त पद सम्हालेका थिए।
कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल पनि कानून व्यवसायी पृष्ठभूमिकी अनुभवी न्यायाधीश हुन्।
प्रतिक्रिया दिनुहोस्