Ads

एमालेको सचिवालय बैठक सुरु


नेकपा एमालेको सचिवालय बैठक अहिले बसिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा गर्न बैठक बोलाइएको हो। ओली पक्राउपछि यो एमाले सचिवालयको दोस्रो बैठक हो।

बैठकमा अध्यक्ष ओलीको पक्राउपछिको समग्र अवस्थाबारे गम्भीर छलफल भइरहेको बताइएको छ। विशेषगरी जेन–जी आन्दोलनमा भएको दमनको आरोप, त्यसपछि विकसित सडक आन्दोलनको स्वरूप र पार्टीको भूमिकाबारे समीक्षा गरिँदैछ।

यससँगै बिहीबारदेखि सुरु हुने राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकमा एमालेले कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने तयारी पनि गरिएको छ। संसद्‌मा कडा प्रतिवाद गर्ने कि राजनीतिक सहमतिको बाटो खोज्ने भन्ने विषयमा नेताहरूबीच मत आदानप्रदान भइरहेको स्रोतले जनाएको छ।

पार्टीको आगामी आन्दोलन, संगठन सुदृढीकरण तथा सरकारविरुद्धको रणनीतिलाई समेत बैठकले ठोस दिशा दिने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू