प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरिरहेका छन्।
यसअघि उनले हिजो कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग पनि परामर्श गरेका थिए। सोही श्रृंखलाअन्तर्गत आज सुदूरपश्चिमका जनप्रतिनिधिसँग संवाद अघि बढाइएको हो।
स्रोतका अनुसार क्षेत्रगत समस्या, विकास प्राथमिकता तथा संघ–प्रदेश समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको छ। प्रधानमन्त्री शाहले प्रदेशगत आवश्यकताका आधारमा नीतिगत सुधार र कार्यक्रम अघि बढाउने तयारी गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्