Ads

संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी


सङ्घीय संसद् सचिवालयको आह्वानमा सिंहदरबारस्थित सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे को कार्यकक्षमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बसिरहेको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो औपचारिक बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सचिवालयका अधिकारीहरू सहभागी छन्। बैठकले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा भोलि दिउँसो २ बजे आह्वान हुने सङ्घीय संसद् अधिवेशन कसरी सञ्चालन गर्ने भन्ने विषयमा सहमति जुटाउने कार्य गर्दैछ।

यसपटक प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले प्रतिनिधित्व पाएका छन्।

त्यसैगरी, म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन ले निर्वाचन जितेका छन्। बैठकले आगामी अधिवेशनका लागि दलहरूको साझा रणनीति र कार्यविधि तय गर्ने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू