Ads

पोखरामा ट्रान्स पार्टी गर्ने विदेशीसहित ३८ जना पक्राउ


पोखरा महानगरपालिका–१८ सेदी स्थित फेवातालको जंगल नजिकै एकान्त घरमा आयोजना गरिएको ट्रान्स पार्टीमा ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पार्टीमा नेपाली र विदेशी नागरिकको उपस्थिति रहेको थियो र लागुऔषध प्रयोग तथा बिक्री भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको हो। जिल्ला प्रहरी कार्यालय कास्की का प्रमुख प्रहरी उपरीक्षक नविन कार्की ले मंगलबार राती छापा मारेर पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका आठ जनासँग लागूऔषध फेला परेको छ, जसमा एक जना ईजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिक रहेका छन्।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराइ को नेतृत्वमा प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको थियो।

प्रहरी उपरीक्षक कार्कीका अनुसार, पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ भने बाँकी व्यक्तिहरूको विगतको अपराधिक पृष्ठभूमि जाँच गरी कारवाही प्रक्रिया अघि बढाइनेछ।

Ads

सम्बन्धित पोष्टहरू