Ads

भगवान कोइरालाले बनाइरहेको बाल अस्पताललाई गोल्छा ग्रुपले गर्‍यो ५ करोड सहयोग


गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH)लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बुधबार आयोजित एक कार्यक्रमबीच बालबालिकाका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापनमा टेवा पुर्‍याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।

कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष भगवान कोइरालाबीच सहयोग सम्झौता भएको हो।

सहयोग हस्तान्तरण गर्दै गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानमा जोडिन पाउँदा गर्व लागेको उल्लेख गर्दै यस सहकार्यले बालबालिकाको उपचार र स्वास्थ्य सेवामा थप प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरे।

त्यस्तै, कोइरालाले सहयोगप्रति आभार व्यक्त गर्दै यसबाट हजारौँ बालबालिकाले गुणस्तरीय स्वास्थ्य सेवा पाउने र देशभर बाल अस्पताल निर्माण अभियानमा ठूलो टेवा पुग्ने बताए।

सातै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने गुरुयोजना अन्तर्गत हाल कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालनमा छन्।

नेपालकै पुराना औद्योगिक घरानामध्ये एक गोल्छा ग्रुपले देशमा औद्योगिकीकरणको सुरुवातसँगै हजारौँलाई रोजगारी दिएको छ भने सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय रहँदै विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।

Ads

सम्बन्धित पोष्टहरू